वडा अधिवेशनबाट निर्वाचित भएपछि प्राप्त प्रमाणपत्रसहित वडाका पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरु ।

हेटौंडाः नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनबाट हेटौंडा–८ को सभापतिमा भुपेन्द्र कोइराला निर्वाचित हुनुभएको छ । नेतृत्व चयनमा सहमति हुन नसकेपछि आइतबार राती मतदान भएको थियो । सोमबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार ११९ मतसहित भुपेन्द्र कोइराला वडा सभापतिमा निर्वाचित हुनुभएको हो ।

वडा सभापतिका अर्का आकांक्षी रत्नमणि बगालेले ८६ मत मात्रै पाउनुभयो । यस्तै उपसभापतिमा शम्भुप्रसाद दुलाल र दिनेशकुमार मिश्र, सचिवमा आकाश बहादुर थापा (उमेश) र दुर्गा अधिकारी, सहसचिवमा शालिकराम भट्टराई र कृष्णहरि न्यौपाने चयन हुनुभएको छ । ८ नम्बर वडाबाट क्षेत्रीय प्रतिनिधिमा १९ जना चयन भएका छन् ।