हेटौंडाः मकवानपुरमा बिहीबार ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९२ जनामा गरिएको पिसीआर परिक्षणमा २८ जना र ४२ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८ जना गरी ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण हुनेमा सबैभन्दा बढी हेटौंडामा २४ जना, मकवानपुरगढी गाउँपालिकामा ३ जना, मनहरीमा गाउँपालिकामा ३ जना, भीमफेदीमा गाउँपालिकामा ३ जना र बकैयाँमा गाउँपालिकामा २ जना रहेका छन् । यस्तै, बिहीबार होम आइसोलेसनमा बस्ने २८ जना र संस्थागत आइसोलेसनमा बस्ने ८ जना गरी ३५ जना डिस्चार्ज भएका छन् । हाल जिल्ला भरी ३१७ जना सक्रिय संक्रमित रहेका छन् । मकवानपुर जिल्लामा अहिलेसम्म १६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।