बकैया गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गर्नुहुँदै कमल थापा ।

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मकवानपुरको बकैया गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गरेको छ । बिहीबार पार्टी अध्यक्ष कमल थापाले पार्टी कार्यालय उद्घाटन गर्नुभएको हो । स्थानीय, प्रदेश र संघीय निर्वाचनको मिति नजिकिएसँगै राप्रपाले सक्रियता बढाएको छ ।

मकवानपुरको पूर्विक्षेत्र बकैया र बागमती गाउँपालिका राप्रपाको राम्रो प्रभाव रहेको क्षेत्र हो । पार्टी कार्यालय उद्घाटनसँगै अगुवा कार्यकर्तासँग पार्टी अध्यक्ष कमल थापाले छलफल पनि गर्नुहुनेछ । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौला, राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा, सचिव सागर थापा, बकैया गाउँपालिका अध्यक्ष राजाराम अर्याल, युवा संगठनको प्रदेश समितिका अध्यक्ष दामोदर वाग्लेको पनि उपस्थिति रहेको छ ।