हेटौंडाः आज भगवान कृष्णको जन्मदिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइएको छ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हिन्दू धर्मावलम्बीहरुले भगवान कृष्णको पूजा–आराधना गरी यो पर्व मनाउने गरिएको छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्ण भगवानको जन्म भएको धार्मिक मान्यताका आधारमा यो पर्व मनाउने गरिएको हो ।

यस वर्ष कोरोना संक्रमणका कारण मठमन्दिरहरुमा दर्शनार्थी भक्तजनहरु त्यति नदेखिएपनि सबैले आ–आफ्नो घरमै कृष्ण जन्माष्टमी मनाएका छन् । पछिल्लो समय कृष्ण जन्माष्टमीमा घरका साना नानीबाबुहरुलाई कृष्ण तथा राधाको रुपमा सजाउने चलन बढ्दै गएको छ ।

मकवानपुरमा पनि बजार क्षेत्रमा मात्र नभएर ग्रामिण क्षेत्रमा पनि साना–साना बालबालिकाहरुलाई कृष्णको रुपमा सजाएर सामाजिक सञ्जालमा तस्बिरहरु राखिएको छ । हामीले फेसबुकबाट प्राप्त गरेका मकवानपुरका कृष्णहरुको केही तस्बिरहरुः

रशिल अधिकारी
हेटौंडा–५
आरभ पौडेल
हेटौंडा–१२, सिक्रेनी
दिव्यान्स बर्तौला
मनहरी–५
रिउस तिमल्सिना
हेटौंडा–१८, दोभानचौर