फाइल तस्वीर ।


हेटौंडा : हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट शुक्रबार ५५ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

१४ जना महिला र ४१ जना पुरुष गरी ५५ जनाको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।