फाइल तस्बिर ।


हेटौंडा : मकवानपुरमा शुक्रबार ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०९ जनामा गरिएको पिसीआर परिक्षणमा ५५ जना र ३३ जनामा गरिएको एन्टिजेन परिक्षणमा ५ जना गरी ५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपनलिकाका ३७ जना रहेका छन् ।

यस्तै, थाहानगरपालिकाका ५ जना, मनहरी गाउँपालिकाका ७ जना, मकवानपुर गढीगाउँपालिकाका २ जना, बागमती गाउँपालिकाका २ जना, भिमफेदी गाउँपालिकाका १ जना र बकैँया गाउँपालिकाका १ जना रहेका छन् ।

भाद्र ९ गते होमआइसोलेसनमा रहेका १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा – १० को ६० वर्षीय महिला रहेकी छिन् । यो सँगै जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या १६० जना पुगेको छ ।