सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा मंगलबार ४३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ३६ जनामा पीसीआर पोजेटिभ र ७ जनामा ऐन्टिजेन पोजेटिभ देखिएको हो ।

हेटौंडाका २७, थाहा ५, मकवानपुरगढी ३, मनहरी ६, भीमफेदी १ र बकैयाँका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकावनपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो ।

जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना मुक्त भएका छन् भने मनहरी–३ का ५५ वर्षीय एक महिलाको कोभिडको कारण मृत्यु भएको छ । योसहित जिल्लामा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १५९ जना पुगेको छ ।