हेटौंडामा निकालिएको सामूहिक गाइजात्रा ।

हेटौंडाः हेटौंडामा गाईजात्रा पर्व मनाइएको छ । सोमबार हेटौंडामा नेवार समुदायका मानिसहरुले बाजागाजा तथा झाँकीसहित बजार परिक्रमा गरी गाईजात्रा मनाएका हुन् । हेटौंडाको पिपलबोटबाट सुरु भएको जात्रा संगमचोक, कान्तिराजपथ, बुद्धचोक, सीमाचोक, टीसीएनरोड हुँदै भूटनदेवी मन्दिरमा पुगेर समापन भएको थियो ।

नेवार समुदायले मृतआत्माको चीरशान्तिको कामना गर्दै घरबाट विभिन्न भेषभुषा धारण गरी गाईजात्रा मनाउँदै आएका छन् । गाईजात्राको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदासमेत दिएको थियो । हेटौंडामा नेवा साँस्कृतिक पुचःले सामूहिक गाइजात्रा निकाल्न समन्वय गरेको थियो ।