हेटौंडाः बागमती प्रदेशको पूर्व प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले अहिले जुन गतिबाट राष्ट्र अघि बढ्दैछ त्यसले राम्रो संकेत नदिएको बताउनुभएको छ । आम नागरिकलाई जस्तै आफुलाई पनि अहिलेको राजनीतिबाट सन्तुष्टी नभएको उहाँले बताउनुभयो ।
शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उनले पूर्व प्रधानमन्त्री केपि ओलिले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदा सारा विरोध भएको भन्दै सरकारले अध्यादेश फिर्ता लिनुपरेको भन्दै अहिले त्यहि विरोध गर्नेहरुले अध्यादेश ल्याउँदा लोकतान्त्रीक भयो । उहाँले भन्नुभयो, अहिले जुन गतिबाट राष्ट्र अघि बढ्न खोजेको छ त्यसले राम्रो संकेत दिदैन ।
उहाँले पदमा नरहँदा पनि संवैधानिक हिसाबले चल्ने भन्दै आफुलाई प्रदेश प्रमुखमा सिफारिश गर्ने तत्कालि प्रधानमन्त्री केपि ओलि र प्रदेश प्रमुखमा नियुक्त गरेकोमा राष्ट्रपति विद्यादेवि भण्डारीलाई धन्यवाद दिनुभएको छ । बागमती प्रदेश प्रमुखको जिम्मेवारी प्रसाईले ०७६ साल कात्तिक १९ गतेबाट सम्हाल्नुभएको थियो । २१ महिना १६ दिनसम्म प्रदेश प्रमुखको जिम्मेवारीमा रहेका प्रसाईले सक्रिय राजनीतिबाट आउँदा साँघुरो घेराभित्र बसेको महशुस भएपनि सन्तुष्ट रहेको बताउनुभयो ।
जाँदैजाँदै पूर्व प्रदेश प्रमुख प्रसाईले बागमती प्रदेश प्रमुखमा नियुक्त भएका यादव चन्द्र शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । बागमती प्रदेश प्रमुख शर्माले आइतबार प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्दै छन् । मन्त्रिपरिष्दको बैठकले बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईलाई पद बाट हटाएर शर्मालाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष सिफारिश भएसँगै शुक्रबार शर्माले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।