सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा १९ जनामा कोरोना पुष्टि भएको छ । आइतबार ११ जनामा कोरोनाको पीसीआर रिपोर्ट पाजेटिभ र ८ जनामा ऐन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरमा ११ जनामा कोरोना पुष्टि भएको हो । यस्तै मकवानपुरगढीमा ३ जना, मनहरीमा ३ जना र बकैया गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १४ हजार २ सय ६८ पुगेको छ । आइतबार जिल्लामा ८९ जनाले कोरोनालाई जितेका छन् । कोरोनाको कारण हालसम्म जिल्लामा १५५ जनाको मृत्यु भएको छ ।