सांकेतिक तस्वीर ।

हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा–६ का ७१ बर्षिय पुरुषको मङ्गलबार राति १० बजे र बुधबार साँढे १२ बजेको समयमा भीमफेदी–१ का ६१ बर्षिय पुरुषको मृत्यु भएको हो ।

मृत्यु भएका हेटौंडा–६ को ७१ बर्षिय पुरुष साउन २० गतेबाट हेटौंडा अस्पतालमा भर्ना भएर बसेका थिए ।
कोरोना संक्रमण बाहेक उहाँमा उच्च रक्तचापको समस्या पनि भएको हेटौंडा अस्पतालको कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेले बताउनुभयो । उहाँको गत ५ दिनदेखि एचडियु कक्षमा राखेर उपचार हुदैँ आएको थियो ।

यस्तै भीमफेदी–१ का ६१ बर्षिय पुरुषको १७ दिनको उपचारपछि बुधबार मृत्यु भएको डाक्टर काफ्लेले बताउनुभयो । उहाँलाई आइसियुमा राखेर उपचार भइरहेको थियो ।