हेटौंडाः नेपाल सोतोकान कराते डो एशोेसियशन (एस.के.डि.ए.एन) हेटौंडा उपमहानगरपालिकाले पूर्णता पाएको छ । लामो समयदेखि कमिटी गठनको प्रक्रिया अगाडी बढिरहेपनि मंगलबार मात्र कमिटीले पूर्णता पाएको हो ।
सोतोकान करातेको ९ सदस्यीय कमिटी गठनपछि हेटौंडा नगर कमिटीले पूर्णता पाएको छ । कमिटीको अध्यक्षमा अनुप राजथला सर्वसम्मत रुपमा चयन भएका छन् । उपाध्यक्षमा कमल गोपाली चयन हुँदा सचिव तथा कोषाध्यक्षमा क्रमशः संदिप कार्की र आवेश लामा चयन भएका छन् ।
सदस्यहरुमा सन्तोष गौतम, सन्देश डिसी ढुङ्गेल, सुक बहादुर गुरुङ, प्रेम कुमार घिमिरे र सन्तोष चौलागाईलाई चयन गरिएको छ । वि.स. २०७७ साल पौष ६ गते नै कमिटी गठनको प्रक्रिया अगाडी बढाइएपनि मंगलबार मात्र कमिटीलाई पूर्णता मिलेको अध्यक्ष राजथलाले जानकारी दिनुभयो ।
यस्तै कमिटीले ५ सदस्यीय प्रमुख सल्लाहकार समिति र ९ सदस्यीय सल्लाहकार समिति तथा कानुनी सल्लाहकार चयन गरेको छ । संस्थाको प्रमुख सल्लाहकारहरुमा इन्द्र बहादुर बानियाँ, कृष्ण प्रसाद दाहाल, हरि बहादुर महत, ज्योती रत्न बज्राचार्य र नवराज गौतमलाई चयन गरिएको छ । सल्लाहकारहरुमा रामचन्द्र न्यौपाने, राम कुमार श्रेष्ठ, रवि श्रेष्ठ, राम आधार पाण्डे, नवराज अर्याल, लवशेर विष्ट, कृष्ण कटुवाल, पुरण बहादुर जोशी र रुवेन्द्रराज बज्राचार्य रहेका छन् ।
संस्थाको कानुनी सल्लाहकारको रुपमा भावेश गौतमलाई चयन गर्ने निर्णय कमिटीको बैठकले गरेको छ भने उनलाई पारिश्रमिक पनि संस्थाले तोकेबमोजिम प्रदान गरिने अध्यक्ष राजथलाले बताउनुभयो । यसैगरी संस्थाको कार्यालयलाई सुचारु रुपले सञ्चालन गर्नका लागि राम जोशीलाई कार्यालय सचिवको रुपमा नियुक्ति गरिएको छ । संस्थाको संरक्षकको रुपमा भने अरुणराज सुमार्गी रहेका छन् ।