बुधबार भीमफेदी गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई मागपत्र हस्तान्तरण गनुहुँर्दै अनेरास्ववियु भीफेदीका संयोजक राजीव परियार तथा केन्द्रिय सदस्य आशिष अस्लामी मगर ।

हेटौंडाः अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भीमफेदी गाउँपालिका कमिटीले विद्यार्थीहरुको लागि कोरोना भाइरस बिरुद्धको खोपको माग गरेको छ । अनेरास्ववियु भीमफेदीका संयोजक राजीव परियार तथा केन्द्रिय सदस्य आशिष अस्लामी मगरसहितको टोलीले बुधबार भीमफेदी गाउँपालिकाको कार्यालयमा पुगेर गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ध्यानाकर्षण गराउँदै विद्यार्थीहरुको लागि खोपको माग गरेका हुन् ।

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई अनेरास्ववियुले संयुक्त रुपमा खोपको माग गर्दै मागपत्र समेत प्रदान गरिएको छ । गत वर्ष चिनको वुहानबाट फैलिएको कोरोना भाइरसले हाम्रो देशमा पनि कैयौं नेपालीहरको ज्यान गएको तथा देशका विभिन्न क्षेत्रहरुमा प्रत्यक्ष असर परी अस्तव्यस्त हुनुपरेको अवस्थालाई जानकारी गराउँदै संयोजक परियारले शैक्षिक संस्थाहरुपनि बन्द हुँदा ठुलो असर परेको बताउनुभयो । नेपाल सरकारबाट कोरोना विरुद्धको खोप लेराई विभिन्न लक्षित वर्ग निर्धारण गरी लगाउने क्रममा शैक्षिक संस्थामा कार्यरत शिषकहरले पनि खोप लगाइसकेका छन् ।

शैक्षिक संस्थालाई पुनः सुचारु गर्ने उद्देश्यले यहि साउन महिनाबाट नयाँ शैक्षिक भर्ना सुरु गरी भदौबाट शैक्षिक संस्था सञ्चालन गर्ने भनिरहँदा गाउँपालिका भित्रका विद्यार्थीहरुलाई पनि खोपको व्यवस्था गर्न उहाँले अनुरोध गरिएको जानकारी दिनुभयो । हाल गाउँपालिकाभित्र कोरोना भाइरस संक्रमण बढ्दै गएको र यसको तेस्रो लहर पनि आउन सक्ने खतारा भएकाले खोप नलगाई विद्यार्थीहरु विद्यालय जाँदा कोरोना संक्रमण झन् बढ्ने भएकाले गाउँपालिका भित्र रहेका विद्यालय सञ्चालन हुनुभन्दा अगाडी सम्पुर्ण विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरिएको पनि संयोजक परियारले बताउनुभयो ।

हाल देशमा उपलब्ध भएको कोरोना विरुद्धको खोप १८ वर्षभन्दा बढी उमेरका लागि मात्र भनेर सरकारबाट नै तोकिएको अवस्था रहेकाले निमावि तहसम्म अध्ययन गर्ने साना विद्यार्थीहरुलाई लगाउने विषयमा आफुले केही भन्न नसकिने गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । यसका लागि सरकारको निर्देशन अनुसार चल्नुपर्ने तथा यहि २४ गतेबाट कक्षा ११ र १२ का परिक्षा दिने पालिका भित्रका विद्यार्थीहरुलाई भने खोप लगाएर मात्र परिक्षा केन्द्रमा प्रवेश गराउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।