सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुर जिल्लामा सोमबार एक सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । उनीहरुमा कोरोनाको पहिलो दोस्रो कुन भेरियन्ट हो भनेर स्वास्थ्य कार्यालय मकवानपुरले खुलाएको छैन । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सोमबार ९५ जनामा पीसीआर पोजेटिभ र २३ जनाका ऐन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।


हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा धेरै ८९ जनामा कोरोना पुष्टि भएको छ । यद्यपि हेटौंडा उपमहानगरको कुन–कुन वडामा कति जना संक्रमित भएको स्वास्थ्य कार्यालय मकवानपुरले खुलाउन सकेको छैन । थाहा नगरमा ९ जना, मकवानपुरगढीमा ४, कैलाशमा १, मनहरीमा ७, भीमफेदीमा ५, बकैयामा ३ जनामा कोरोना पुष्टि भएको हो ।

मबार एक सय ७४ जनाको पीसीआर परीक्षण र ६४ जनाको ऐन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सोमबार जिल्लामा ७८ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै जिल्लामा कोरोना निको हुनेको संख्या १२ हजार २ सय ५१ पुगेको छ । जिल्लामा हाल ११ सय १७ जना संक्रिय संक्रमित छन् । उनीहरु मध्ये एक सय १८ जना संस्थागत आइसोलेसन र ९ सय ९९ जना होम आइसोलेसनमा बसेका छन् ।