हेटौंडाः सचेत नागरिक युवा समूह मकवानपुरले साउन १५ गते खिर खाएर मनाएको छ । युवा समूहले शुक्रबार कार्यक्रमको आयोजना गरी हेटौंडा–११ स्थित मामाघर नेपाल र हेटौंडा–५ स्थित हाम्रो बालगृहमा खिर खाएको हो ।
समूहले दुबै स्थानमा गरी ५० जना बालबालिकाहरुलाई खिर र फलफूल खुवाएको छ । करिब १५ हजार रुपैयाँको लागतमा कार्यक्रमको आयोजना गरिएको युवा समूहका सचिव चुडाराज उप्रेतीले जानकारी दिनुभयो । कार्यक्रमको संयोजन भने युवा समूहका सदस्य तेजबहादुर थापाले गर्नुभएको थियो ।