सामाग्री हस्तान्तरण कार्यक्रमपछि सामूहिक तस्बिर ।

हेटौंडाः लागूपदार्थ दुव्र्यसनको बिरुद्धमा सक्रिय संस्था सियान पुनस्र्थापना केन्द्रलाई हेटौंडा उपमहानगरपालिका ९ नं. वडा कार्यालयले ३ लाख रुपैयाँ बराबरको ब्यायाम सामग्री सहयोग प्रदान गरेको छ । शुक्रबार सियान पुनस्र्थापना केन्द्रको प्राङ्गणमै एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयले उक्त सामग्री हस्तान्तरण गरेको हो ।

पुनस्र्थापना केन्द्रमा सुधारका लागि राखिएका लागूऔषध प्रयोगकर्तालाई ब्यायाम गर्न सहज होस् भन्ने उद्देश्यका साथ ब्यायाम सामग्री हस्तान्तरण गरिएको हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताउनुभयो । हेटौंडामा सबैभन्दा बढी लागूऔषध दुव्र्यसनी हुने र ओसारपसार हुने वडाको रुपमा परिचित भइरहँदा सियानले वडासँग सहकार्य गर्दै लागूपदार्थ दुव्र्यसन नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलिरहेकोमा उहाँले खुसी प्रकट गर्नुभयो । केही पुनस्र्थापना केन्द्रले सुधार केन्द्रको नाममा लागूऔषध बिक्री वितरण गर्ने कामहरु गरेको फेला परेकाले त्यस्ता संस्थालाई निरुत्साहित गरी वडासँग सहकार्य गरेर लागूपदार्थ दुव्यर्सन नियन्त्रणमा लाग्ने संस्थाहरुलाई आवश्यक सहयोग प्रदान गर्ने वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

विश्वव्यापीरुपमा युवाहरुमा विकराल समस्याको रुपमा देखापरेको लागूऔषध दुव्र्यसन र दुरुपयोगलाई केन्द्र स्थापनाको सुरुवातकालदेखि नै अभिभावकत्व प्रदान गर्दै यसविरुद्धको अभियानमा निरन्तर सेवामा सहकार्य गर्नुभएको भन्दै सियानका निर्देशक सौजन डीसीले वडा अध्यक्ष भण्डारी र सम्पूर्ण वडा कार्यालयप्रति नै आभार प्रकट गर्नुभएको छ । दुव्र्यसन रोकथाम र न्यूनीकरण गर्न स्थापित भएको यस संस्थाले हजारौँ परिवारको पुनस्र्थापनाको लागि कार्य गर्दै आएको उहाँले बताउनुभयो ।