हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७७-०७८ मा जबरजस्ती करणी (बलात्कार) मुद्दामा अभियोग लागेका ६१ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार एक वर्षमा बलात्कार मुद्दाका ६१ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीकहाँ गत आर्थिक वर्ष कुल ६५ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयम मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुुभयो । प्रहरीकहाँ दर्ता हुन आएका मुद्दामा ७० जनालाई जबरजस्ती करणीको अभियोग लागेको थियो । अभियोग लागेकामध्ये ६१ जनालाई प्रहरीले पक्राउ गरेको र ९ जना प्रतिवादी फरार रहेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुुभयो ।