हेटौंडाः मनकवानपुरको मनहरी गाउँपालिका–३ स्थित हाँडिखोलमा गाउँपालिकाको लगानीमा फार्मेसी पसल खुलेकोे छ । हाँडीखोला स्वास्थ्य चौकीकाबाट संचालन हुनेगरी फार्मेसीको शुक्रबार मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले उदघाटन गर्नुभएको हो ।

फार्मेसी पसल संचालन गर्न मनहरी गाउँपालिकाले २ लाख रुपैयाँ लगानी गरेको छ । मनहरीको हाँडिखोलाका बासिन्दाहरु अब सामान्य रुघा खोकीको औषधी किन्न मेडिकल धाउनु नपर्ने भएको छ । प्रेसर सुगर लगायत ८० प्रकारको औषधीहरु सहुलियत दरमा फार्मेशीबाट पाउन सकिने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । ३८ प्रकारका औषधीहरु फार्मेशीबाट निशुल्क वितरण भइरहेको छ ।