हेटौंडाः कोरोना भाइरस संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचार गराइरहेको २ जना आइतबार निको भएर डिस्चार्ज भएका छन् ।
यस्तै आइतबार २६ जना कोरोना संक्रमितहरु अस्पतालमा उपचाररत रहेका छन् । अस्पतालको आइसियूमा ५ जना, एचडियूमा १८ जना र इमरजेन्सीमा ३ जना संक्रमितहरु उपचार गराइरहेको अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिनुभयो ।