हेटौंडाः शनिबार हेटौंडा अस्पतालको कोभिड वार्डमा ३२ जना कोरोना संक्रमितहरु उपचाररत रहेका छन् ।
शनिबार बिहानसम्म अस्पतालको आइसियूमा ५ जना, एचडियूमा १९ र आकस्मिक कक्षमा ८ जना कोरोना संक्रमितहरुले उपचार गराइरहेको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिनुभयो ।