हेटौंडाः हेटौंडा उपमहानगर वडा नम्बर १४ को डाइभर डाँडामा होमस्टेको सांस्कृतिक भवनको उद्घाटन भएको छ । बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले हामे स्टेकोको सांस्कृतिक भवनको उद्घाटन गर्नुभएको हो । प्रदेश सरकारलको ३६ लाखको लागतमा भवनको निर्माण भएको हेटौंडा–१४ को वडाअध्यक्ष दिपक खड्काले जानकारी दिनुभयो ।
सोही स्थानमा पार्क, भ्यू टावर पनि निर्माण भइरहेको अध्यक्ष खड्काले बताउनुभयो । अहिले होम स्टेको सांस्कृतिक भवनको मात्र उद्घाटन गरिए पनि तत्काल भने संचालनमा नआउने बताउनुभयो । कोभिडका कारण केही समयपछि मात्रै हाम स्टे संचालनमा आउने उहाँको भनाई छ । होम स्टे संचालन गर्ने संचालकलाई तालिम दिएर तयार पारिएको पनि उहाँले बताउनुभयो । केही समयपछि बोर्ड राखेर होम स्टे संचलानमा ल्याउने उहाँको भनाई छ ।