हेटौंडाः हेटौंडामा नेकपा माओवादी र कांग्रेस निकट दुई विद्यार्थी संगठनले संयुक्त रुपमा सिटी जुलुस गरेको छ । बिहीबार हेटौंडा सिमा चोकदेखि बुद्ध चोकसम्म सिटी जुलुस गरेका थिए । निषेधाज्ञाकै बिच उनीहरुले जुलुन निकालेका थिए । यसबारे प्रशासन पनि मौन बसेको छ । विद्यार्थी संगठनले विभिन्न प्ले कार्डसहित प्रदर्शन समेत गरेको थियो ।

विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली राजिनामा दे, सुजिता भण्डारीलाई न्याय देउ, पेट्रोलियम पदार्थको मुल्य खारेज गर भन्दै नारा लगाएका छन् । बुद्धचोकमा कोणसभा भएको थियो । जुलुसमा नेपाल विद्यार्थी संघ मकवानपुरको जिल्ला अध्यक्ष राजु खतिवडा, अखिल क्रान्तिकारी मकवानपुरका सह–संयोजक श्रवण बर्तौलाले बोलेका थिए ।

जुलुसमा नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति सुवास सापकोटा, नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पसका संयोजक सन्तोष चौलागाई, सिदार्थ माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघका सहल्लाकार बुद्ध बराम लगायतको उपस्थिति रहेको थियो ।