हेटौँडा: हेटौँडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट सोमबार ९८ जनाको स्वाब संकलन गरिएको छ ।
३४ जना महिला र ६४ जना पुरुष गरी ९८ जनाको स्वाब संकलन भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । कोरोना परिक्षणको लागी संकलित स्वाब नमूना हेटौँडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको चौलागाईले बताउनुभयो ।