हेटौंडाः बागमती प्रदेश सभा आज बस्दैछ । आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेश सभाको सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

विपक्षी दलहरुले आगामी वर्षको बजेटमा विरोध जनाए सँगै शनिबारबाट संसद चल्न सकेको छैन । आइतबार दुईपटक प्रदेश सभा बैठक बस्ने भनिएपनि दलहरु बिच सहमति नहुँदा आजको लागि बैठक सारिएको थियो ।