हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पताललाई थप स्वास्थ्य सामग्री उपलब्ध भएको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाबाट अस्पतालाई दुई थान भेन्टिलेटर, एक थान एनेसथेसिया ओर्क स्टेशन, हस्पिटल टेन्ट दुई थान, सी प्याप, बाइ प्याप चार–चार सेट लगायत दैनिक उपयोग हुने स्वास्थ्य सामग्रीहरु हेटौंडा अस्पताललाई प्राप्त भएको अस्पताल व्यवस्थापन तथा संचालन समितिका सदस्य उत्सब चौलागाईले जानकारी दिनुभयो ।

अहिले अस्पतालमा ६ थान भेन्टिलेटर, सि प्याप र बाइ प्यापको सहायताबाट कोरोनाको गम्भिर विरामीहरुलाई सेवा दिदै आइरहेको छ । अस्पतालमा थप स्वास्थ्य सामग्रीले सहयोग पुग्ने उहाँले बताउनुभयो ।