हेटौंडाः मकवानपुरमा रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको जिल्ला समिति गठन भएको छ । मंगलबार व्यवसायीको एक भेलाले ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
भेलाबाट अध्यक्षमा लक्ष्मण अधिकारी, उपाध्यक्षमा राजन सञ्जेल, सचिवमा सुरज चौलागाई र कोषाध्यक्षमा रोशन सिंह चयन हुनुभएको छ । यस्तै सदस्यमा मुकेशप्रसाद चौधरी, हरिशंकर पाण्डे र शेखर लाल श्रेष्ठ चयन हुनुभएको छ । तदर्थ समिति गठनपछि संघको दर्ता तथा केन्द्रसँग आवश्यक समन्वयको कार्य गरिने बताइएको छ ।