हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्राङ्गणबाट सोमबार ३ सय जनाले कोभिशिल्डको दोस्रो डोज लगाएका छन् । खोप लगाउन गएका अन्यहरु भने खोप सकिएसँगै घर फर्केका छन् ।
पत्रकार लगायत फ्रन्टलाइन खटिकने कर्मचारी खोप नलगाई घर फर्किएका छन् । पत्रकार र फ्रन्टलाइनमा खटिनेको लागि भनेर कोभिशिल्डको दोस्रो डोज लगाउन सुरु भएपनि अन्य सर्वसाधारणपनि खोप लगाउन आएकोले खोप सकिएको स्वास्थ्य कार्यालय मकवापनरका सुचना अधिकारी लक्ष्मण घिमिरले जानकारी दिनभयो ।
आउँदो साउनको दोस्रो हप्ताबाट कोभिशिल्ड आएपछि मात्रै अन्य बाकीले अब लगाउन पाउँनेछन् । यस्तै कोभिड विरुद्ध चाइनिज खोप भेरोसेलको दोस्रो डोज असार २२ गतेबाट लगाउँने उहाँले बताउनुभयो ।