हेटौंडाः जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा बागमती प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलले श्रद्धासुमन व्यक्त गर्नुभएको छ । उहाँले सोमबार हेटौंडा–११ स्थित स्मारकमा पुगेर मदन भण्डारीको शालिकमा पुष्पगुच्छा अर्पण गुर्नभएको छ । यस्तै बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले पनि मदन भण्डारीको जन्मजयन्तीको अवसरमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
शहिद स्मारकमा भएको मदन भण्डारीको शालिकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, एमाले केन्द्रिय सदस्य रामेश्वर राना लगायत पुगेर पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।