हेटौंडाः हेटौंडा अस्पतालमा सोमबारदेखि डायलासिस सेवा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकालको मेयर हरिबहादुर महतको पहलमा अस्पतालमा निशुल्क डायलासिस सेवा सुरु भएको हो । मेयर महतले डायलासिस सेवाको सोमबार उद्घाटन गर्नुभएको हो ।
अस्पतालमा अहिले ३ जनाले डायलासिस सेवा लिइरहेका छन् । ११ जना सम्मलाई एक सिफट्मा डायलासिस गर्न मिल्ने गरी सेवा दिने अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताउनुभयो । हेटौंडा उपमहानगरको पहलमा युनिलिभरले २ थान र सिवम् सिमेन्टले एक थान डायलासिस मेशिन प्रदान गरेको थियो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति विश्वराज जोशिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र बागमती प्रदेशको प्रमुख बसन्त अधिकारी, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।