यो कुनै कविता होइन न त कुनै कथा, यो मात्र एक मनोवाद हो । म देखि मसम्मको । एक प्रश्न जुन मेरो मन मस्तिष्कमा गुञ्जयमान रहेको छ जस्ले मेरा रातहरूलाई अनिद्रमा परिणत गरेको छ । समाज, अरूले के भन्ला ?
म स्वतन्त्रतापूर्वक यो जिन्दगीको आकाशमा उड्न चाहने एक पन्छी । तर कति बेला बाल्यकाल सकिँदै गर्दा म दुनियाले के भन्ला ? नामक पिंजडामा कैद भएँ मलाई नै पत्तो भएनछ । मलाई बोल्न मनपर्छ निर्धक्कसँग आफ्ना विचाहरू पोख्न मनपर्छ तर मैले गलतलाई गलतभन्दा मेरो मुख थुनियो संस्कारको नाम दिएर । मलाई साथी बनाउन मनपर्छ आफ्नो मन र बिचार बुझ्ने म मित्रता हेर्थेँ दुनियाँ वर्ग हेर्थेँ, लिङ्ग हेर्थेँ, चरित्र हेर्थेँ र मलाई साथी बनाउन रोकियो इज्जतको कुरा गरेर, म सामाजिक सञ्जालमा आएँ मलाई यहाँ आफ्ना बिचार अनि ठट्टा पोख्न मन लाग्थ्यो तर यहाँ पानी मलाई आफ्नो नजर र दृष्टिकोणले दाजेर रोक लगाइयो ।
जब मलाई पीडा हुन्थ्यो याद अनि विगत ले सताउँथ्यो तब म एउटा कतबतगक उयकत गर्दा आनन्द मिल्थ्यो साएद कुनै संवादले पोख्न नसकेको कुरा त्यो कतबतगक ले पोक्थेँ तर त्यसमा पनि रोक लगाइयो । यसरी रोक लगाउँदै मेरा पखेटाहरु काटियो ताकी म यो पिंजडाबाट मुक्ति हुन नसकूँ । यहाँ मेरा पखेटा काटिए पछि मलाई पिंजडामा थुनेपछि मबाट म खुशी हुनुको अपेक्षा राखिन्छ । जरुरी छैन हजुरको मानसपटलमा धमिलिएको त्यो तस्बिर मेरो मन मस्तिष्कमा धमिलियोस्, जरूरी छैन हजूरहरुको जिन्दगीबाट हराएको त्यो व्यक्तिको अभाव मलाई नहोस् । अभाव महसुस हुन नदिन केहि गर्न सक्नु हुन्न, यदि आज सम्म त्यो व्यक्तिको ठाउँमा म छु तेरो भनेर अङ्गालो हाल्न, सहानुभूति दिलाउन सक्नु हुन्न भने मबाट त्यो व्यक्तिको अभाव महसुस नहोस् भनी अपेक्षा नराखी दिनु होला । जरुरी छैन यहाँ अरु आदर्शवाद, समाजवाद, राजनीति र रचनामा लाग्दा म पनि लागूँ, म आफू र आफ्नो खुशीलाई महत्त्व दिन चाहन्छु । थाहा छ मलाई मैले बाटो बिराउँदा सम्झाउनेहरुभन्दा औंला उठाउँने धेरै हुने छन् ।
मलाई आफनो कर्तव्य, दायत्व, संस्कार र पारिवारिक प्रतिष्ठा राम्रोसँग थाहा छ र विश्वास छ आफूमा र आफूप्रति आफ्नो कारणले आफ्नो आमाको संस्कारमाथि औंला ठडिन दिने छैन । मानिस कसैको याद र आभावले दुःखी होस् या नहोस् हजुरहरुको मूल्यांकनले पक्कै हुने छ । सक्नु हुन्छ बुझ्ने प्रयास गर्नुहोस् सक्नु हुन्न आफ्नो विचार, दृष्टि अनि, आदर्शको खोक्रो पहिरन लिएर मूल्यांकको साधन नबनाईदिनु । जीवन छोटो छ अरूलाई औंला उठाउँनभन्दा, आफ्नो जिन्दगी सुन्दर बनाउनुतर्फ लागौं । यो जिन्दगी मेरो हो मलाई खुला आकाशमा उड्न दिनु रमाउन दिनु । मलाई बिचार अनि दुनियाँले के भन्लारुू नामको पिंजडामा कैद नगर्नू । म वाचा गर्छु म आफ्नो बाटो कैले बिगार्ने छैन , आफू माथि कसैको औंला ठडिने काम गर्ने छैन ।
बस मलाई दुनियाँको नामले कुनै रोक नलगाउनु। सानै छु मेरो हरेक कुरा मूल्यांकनको तराजुमा नराख्नुस्, मलाई रम्न दिनुहोस् आफ्नो केटाकेटी पनमा, उमेर बढ्दै जाँदा कर्तव्य र जिम्मवारीले यो काध थिचिँदा सायद भविष्यमा यति रमाउन नसकुँला । आफू खुसी रहन जान्नु हुन्न भने अरुको खुशीको डाह नगरिदिनु । आफूमा रमाउन जानेको छु हरेक परिस्थितिअनुसार आफूलाई ढाल्न जानेको छु । हरेक कुरामा मूल्यांकन गरेर पटक पटक कसैलाई यातना नदिनू शारीरिक यातना भन्दा मानसिक यातनको घाउ गहिरो हुने गर्छ । कतिपय कुरालाई मनोरञ्जन र मनोरञ्जनको साधनको रूपमा लिन सिक्नु ।