हेटौंडाः मकवानपुरमा शुक्रबार ८९ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार दिउँसो स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरण अनुसार ३३ जनाको पीसीआर र ५६ जानाको ऐन्टिजेन पोजेटिभ आएको हो ।

हेटौंडामा ४०, थाहा नगरमा ४, कैलाश गाउँपालिकामा १०, मनहरीमा ९, बकैयाँमा २ र राक्सिराङमा २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यस्तै शुक्रबार ८१ जना कोरोना मुक्त भएका छन् । होम आइसोलेसनमा रहेका ६३ जना र संस्थागत आइसोलेसनमा रहेका १८ जनाले कोरोनालाई जितेका हुन् । जिल्ला १ सय २४ जनाले कोरोनाको कारण हालसम्म ज्यान गुमाएका छन् ।