हेटौंडाः लागूऔषध दूव्र्यसनमा फसेकाहरुलाई दूव्र्यसनबाट मुक्त गर्न सुधार केन्द्र सञ्चालन गरिरहेको मकवानपुर रिकभरिङ समूहले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई स्वागत–सम्मान गरेको छ । हेटौंडा–५ स्थित मकवानपुर रिकभरिङ समूहको कार्यालयमा उपाध्यक्ष चौलागाईलाई स्वागत–सम्मान गर्दै युवा पुस्तालाई लागूऔषधको दूव्र्यसनबाट मुक्त बनाउन परिषद्ले योजना बनाउनुपर्ने सुझाव पनि दिएको छ ।
गत शुक्रबार बागमती प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका चौलागाईको स्वागत–सम्मान कार्यक्रममा मकवानपुर रिकभरिङ समूहका महासचिव सन्दिप शाक्यले लागूऔषध दूव्र्यसनका लागि सुधारगृह नियमित सञ्चालन गर्न आर्थिक समस्या हुने बताउनुभयो ।
सुधारगृह सञ्चालनमा सरकारको सहयोग रहनुपर्ने उल्लेख गर्नुहुँदै महासचिव शाक्यले सुधारगृहमा रहेका युवालाई दूव्र्यसनबाट मुक्त गर्न, गराउन सीपमुलक तालिम, स्वरोजगारका लागि आवश्यक सहयोगका लागि पनि आगामी दिनमा प्रदेश युवा परिषद्ले सहयोग गर्नु पर्ने सुझाव दिनुभयो । सुधारगृहबाट सुधार गरेर घर र समुदायमा फर्काए पनि परिवार र समुदायले हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा दूव्र्यसनमुक्त भइसकेकाहरु पुनः दूव्र्यसनमा फर्कने अवस्था रहेको शाक्यको भनाइ थियो ।
स्वागत–सम्मान कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले परिषद्ले योजना बनाएर युवाको समग्र क्षेत्रमा काम गर्ने बताउनुभयो । कार्यकारी उपाध्यक्ष चौलागाईले सरोकारवाला क्षेत्रको सुझाव लिएर मात्रै आफूले काम गर्ने उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘लागूऔषध दूव्र्यसनमुक्त समाज निर्माणमा सबैको सकारात्मक भूमिकाका लागि प्रदेश युवा परिषद्ले समन्वयकारी भूमिका निर्वाह गर्नेछ । सामान्य युवालाई नै परिवार र समुदायले नै पत्याउने अवस्था छैन । दूव्र्यसनमा फसेका युवालाई त परिवार र समुदायले पत्याउने अवस्था हुनै सक्दैन । तर, आगामी दिनमा दूव्र्यसनमा फसेका युवाको हितमा परिषद्ले उपयुक्त काम गर्नेछ ।’
दूव्र्यसनबाट बच्न र बचाउन युवालाई श्रम र उत्पादनमा जोड्नुपर्नेमा जोड दिनुहुँदै युवालाई श्रम र उत्पादनमा जोड्न सीप प्रदान गरिने बताउनुभयो । प्रारम्भिक चरणमा विद्यालय आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थको कारोबार बन्द गर्न परिषद्ले पहल गर्ने कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो । कार्यक्रममा मकवानपुर रिकभरिङ समूहका सल्लाहकार एवम् सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले प्रदेश युवा परिषद्मा राजधानी भएकै जिल्लाको सशक्त युवा नेताले अवसर प्राप्त गर्नु मकवानपुरकै लागि उपलब्धीको विषय भएको उल्लेख गर्नुहुँदै परिषद्बाट प्रभावकारी काम हुने विश्वास व्यक्त गर्नुभयो । मकवानपुर रिकभरिङ समूहमा मकवानपुर जिल्लाका २८ जना र मकवानपुर भन्दा बाहिरी जिल्लाका ३० गरी ५८ जना लागूऔषध दूव्र्यसनमा फसेका युवा पुनस्र्थापनाका लागि रहेका छन् ।