हेटौंडाः हेटौंडा उपमहानगरले आगामी आर्थिक वर्षको लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट सार्वजनिक गरेको छ ।
आन्तरिक आयबाट बेहोर्ने गरी २४ करोड, राजश्व बाँडफाँडबाट ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारबाट १२ करोड ६६ लाख ९६ हजार, संघीय सरकारबाट १ अर्ब २ करोड, नगर विकास कोषबाट ९ करोड ऋण र गत वर्षको मौज्दात बाट ५८ करोड आय गर्ने उपमेयर लामाले बताउनुभयो ।