हेटौंडाः आइतबार बकैया गाउँपालिकामा आधारभूत तह (कक्षा ८)को परीक्षाको नतिजा सार्वजनिक भएको छ । पालिकास्तरीय आधारभूत तह परीक्षामा ६ सय ७४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
परीक्षामा सहभागी विद्यार्थीमध्ये ३४ जनाले ३.६ देखि ४.० जीपीए ल्याउन सफल भएका छन् । एक सय ३३ जना विद्यार्थीको नतिजा ३.२ देखि ३.६ जीपीए रहेको छ भने २ सय ६० विद्यार्थीले २.८ देखि ३.२ जीपीए हासिल गरेको बताइएको छ । यसैगरी एक सय ८१ विद्यार्थीको नतिजा २.४ देखि २.८ जीपीए रहेको छ भने ६६ जना विद्यार्थीले २.० देखि २.४ जीपीए प्राप्त गरेका छन् ।