तालिममा सहभागीहरु ।

हेटौंडाः मनहरी गाउँपालिकाको महेन्द्रकिरण माध्यमिक विद्यालयका शिक्षकहरुका लागि आईसीटी तालिम सुरु भएको छ । सोमबारबाट सुरु भएको तालिम ६ दिनसम्म सञ्चालन हुनेछ ।

कोरोना भाइरस संक्रमणमा वैकल्पिक विधिबाट पठनपाठन सुचारु गराउने उद्देश्यले सञ्चालन भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ । तालिममा २० जना शिक्षकहरुको सहभागिता रहेको छ ।