हेटौंडाः यस वर्षको मनसुन सुरु भइसकेको छ । मकवानपुरमा मनसुन अवधिमा भारी वर्षाको सम्भावना रहेकोले जिल्लाको बागमती नदी (राईगाउँ र भोर्लेनी), राप्ती नदी, सामगरी खोला, मनहरी खोला, लोथर खोलामा पानीको सतह बढ्न सक्नेभएकोले मनसुन जन्य विपदबाट सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले आग्रह गर्नुभएको छ ।

कुनै विपद् परिहालेमा प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरीलाई सिधै सम्पर्क गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।