फाइल तस्बिर ।

हेटौंडाः बिहीबार हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् । कोभिड–१९ हेल्प डेस्क मकवानपुर र पल्पसा आइसोलेसन सेन्टरको आयोजनामा बिहीबार बिहान पल्पसा आइसोलेसन सेन्टरमा रक्तदान कार्यक्रम भएको हो ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको समन्वयमा रक्तदान कार्यक्रम भएको हो । विश्व रक्तदाता दिवसको सन्दर्भमा रक्तदान कार्यक्रम भएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय समिति सदस्य प्रताप विष्टको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो ।