हेटौंडाः मकवानपुरमा बुधबार २१ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको विवरणअनुसार ९ जना महिला र १२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मंगलबार स्वाब संकलन गरेको ७३ जनामध्ये २१ ज्नामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । थाहा नगरका ६ जना र मनहरीका ३ तथा बाँकी सबै हेटौंडा उपमहानगरका संक्रमित छन् ।