हेटौंडाः नेपाल विद्यार्थी संघ महामन्त्री प्रभात कुमार दाहालको अगुवाईमा नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली, मकवानपुर उद्योग वाणिज्य संघ निवर्तमान महासचिव महेन्द्र राउत, नेपाल तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठक, उपाध्यक्ष निराजन बर्तौला, निवर्तमान तरुण कोषाध्यक्ष रविन्द्र घिमीरे, नेपाल शिक्षक संघ मकवानपुर सचिव बिदुर थापा लगायतको टोलीले मनहरी गाउपालिका वडा नम्बर २ ठाडोखोलामा ६० हजार बराबरको खाद्यान्न चामल सहयोग गरेका छन् ।
मनहरी वडा नम्बर २ नेपाली कांग्रेस सभापति प्रेम गोङबाज्युलाई चामल हस्तान्तरण गरिएको समाजसेवी विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुको समूहले लगातार कोभिड तथा निषेधाज्ञामा समस्या परेकाहरुलाई निरन्तर सहयोग गर्दै आएको छन् ।











