गौरिटरा आइसोलेसन सेन्टरलाई सहयोग हस्तान्तरण गरिदै

हेटौंडाः हेटौंडाको गौरिटार आइसोलेसनलाई सहयोग गरिएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी (नेवि) संघका महामन्त्री प्रभात दाहाल, कांग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली, मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार महेन्द्र राउत र युवा व्यवसायी रवीन्द्र घिमिरलेको टोलिले गौरीटार आइसोलेसनलाई आज सहयोग गरेका हुन् ।

उनीहरुले आइसोलेसनमा रहेका स्वास्थ्यकर्मी, संक्रमितको लागि पानि, अण्डा, दुध र जुसका साथै मास्क सहयोग गरेको समाजसेवी विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुले यसअघि हेटौंडाको टुटेपानी र राक्सिराङमा निषेधाज्ञामा समस्या परेका परिवारलाई राहत समेत वितरण गरेका थिए ।