हेटौंडाः हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा २ संक्रमितको मृत्यु भएको छ । हेटौंडा–१३ को ४१ वर्षको पुरुष र हेटौंडा–४ को ७३ वर्षको पुरुषको मृत्यु भएको हो ।
यो सहित हेटौंडा अस्पतालमा उपचाररत ६८ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । अस्पतालमा अहिले ४८ जना संक्रमितहरुको उपचार भइरहेको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।