सृष्टी लामा, (नवसर्जक साहित्य चौतारी मकवानपुरको दोस्रो समूहको प्रशिक्षार्थी)

जीवन अनि मृत्युको यो कस्तो कस्तो नाता
योगमाया महात्माको लेखिएको गाथा
योग, ध्यान, तपस्यामा लागिरहे सधैं
राम्रो काम गर्न खोज्दा खुट्टा तान्ने धेरै
जनतामा फैलाउन चेतनाको दियो

आफ्नो प्राण त्याग्न समेत गरेनन् है ढिलो
सत्य, धर्म, शिक्षा प्राप्त हुने उनको आशा
राणाले नि सुनेन है यो कस्तो भो दशा
विद्रोहको मन झन बढ्दै गयो उनमा

त्यसैले हो त्यागिन् प्राण भयो शान्त आत्मा
संघर्ष नि गरे निकै आजको दिन देख्न
भेदभाव, छुवाछुत, जातिपाति रोक्न
इच्छा थियो भएन है पूरा उनेको बुझ
दृष्टान्त हो समाजमा उनको यो त्याग