फाइल तस्बिर ।

हेटौंडाः हेटौंडामा गएराति देखि निरन्तर पानि परिरहेको छ । भारी वर्षाकै बिचमा शुक्रबार ६५ जना कोभिड–१९ को पीसीआर परीक्षण गराउन स्वाब नमूना दिएका छन् । हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमै पुगेर उनीहरुले स्वाब नमूना दिएका हुन् ।

उनीहरुको संकलित स्वाब नमूना हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा कोभिड परीक्षण गर्न पठाएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले स्थानीय तहमा ऐन्टिजेन परीक्षण हुनेभएपछि पीसीआर परीक्षण गर्न हेटौंडा बाहेक अन्य स्थानीय तहका व्यक्तिहरुको स्वाब नमूना खासै भएको छैन । । मकवानपुर जिल्लामा हेटौंडा अस्पतालबाट मात्रै कोभिड–१९ को पीसीआर परीक्षण हुँदै आएको छ ।