हेटौंडाः बिहीबार स्वाब संकलन गरेको २३५ मध्ये १२१ जनामा कोरोना पुष्टि भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाका अनुसार मकवानपुरको मनहरीका ६ जना, ठेगाना नखुलेका ५ जना, मकवानपुरगढीका ३ जना, भीमफेदीका ६ जना र बारा जिल्लाका २ जना छन् भने बाँकी सबै हेटौंडा उपमहानगरका छन् ।

८ बालबालिकाहरुमा समेत संक्रमण पुष्टि भएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।