हेटौंडाः मकवानपुरमा एक साता निषेधाज्ञा थप गरिएको छ । जेठ १३ गते राति १२ बजेदेखि २० जेठ राति १२ बजेसम्म निषेधाज्ञा थप भएको हो । मंगलबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा कोभिड–१९ को जोखिम बढेकोले ७ दिन निषेधाज्ञा थपिएको बताउनुभयो ।
उहाँले हेटौंडा उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा दुध, खाद्यान्न, फलफुल तथा तरकारी, माछा, अण्डा, पानि बिक्री गर्न बिहान ५ बजेदेखी ८ बजेसम्म बजार पसल खोल्न पाइने बताउनुभएको छ । हेटौंडामा भने संक्रमितको संख्या बढेसँगै औषधी, अक्सिजन विक्रि केन्द र बिउ बिजन पसल मात्रै संचालन हुन पाउँनेछ ।
२० जेठसम्मको निषेधाज्ञाको उल्लघंन गर्नेलाई कारबाहीमा कडाई गरिएको छ । व्यक्तिले निषेधाज्ञा उल्लघंन गरे १ लाख र संस्थाले उल्लघंन गरेमा ५ लाखसम्म जरिवाना गरिने भएको हो । यस्तै मास्क नलगाउनेलाई एक सय रुपैयाँ, आवतजावत रोक लगाइको उल्लघंन गर्नेलाई पटकै पिच्छे २ सय रुपैयाँ, अनुमति नलिई सवारी चलाउने दुई पाङ्गेलाई २ हजार र अन्यलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाइएको छ । निषेधाज्ञा अटेर गर्नेलाई अतिरिक्त ६ महिनासम्म कैद पनि गर्न सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।