हेटौंडाः मकवानपुरमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज दिउँसो हेटौंडा उपमहागनरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको विवरणअनुसार हेटौंडाका अधिकांश
संक्रमितहरु छन् । जसमा भीमफेदी, थाहा नगर र मनहरीका एक एक जना संक्रमित छन् भने जिल्ला बाहिरका ३ जना, ठेगाना स्ष्ट नखुलेको ४ जना गरी ४६ महिला र ५२ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
जेठ ६ र ७ गते स्वाब संकलन भएको १ सय ८५ जनाको कोरोनाको पीसीआर परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।