हेटौंडाः हेटौंडा–५ स्थित पिप्ले युवा क्लबले हेटौंडा–६ मा रहेको गौरीटार आइसोलेसनमा खाद्यान्य सहयोग सहयोग प्रदान गरेको छ । क्लबका अध्यक्ष सुशिल घिमिरे, हेटौंडा–५ का वडाअध्यक्ष राजेश बानियाँसहितको उपस्थितिमा क्लबले खाद्यान्न सहयोग गरेको हो ।
आईसोलेसनमा रहेका कोरोना सङ्क्रमितहरुको लागि केहिदिनलाई पुग्ने खाद्यान्न तथा फलफुल सहयोग सामग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सुशिल घिमिरेले बतानुभयो । पौष्टिक आहारको रुपमा १० किलो मासु, ३ कार्टुन स्याउ, २ बोरा चामल र १० कार्टुन पानी सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
खाद्यान्न सहयोग कार्यक्रममा क्लबका उपाध्यक्ष भरत कुमार सैजु, क्लबका कोषध्यक्ष सुदिप सापकोटा, सदस्य आबेश लामाको पनि उपस्थिति रहेको थियो ।