हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार साँझ ५ बजे यता तीन जनाको मृत्यु भएको हो ।
हेटौंडा अस्पतालका सूचना अधिकारी राजदेव झाका अनुसार मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ का ५२ वर्षीय पुरुषको शनिबार साँझ ५ बजे मृत्यु भएको हो । यस्तै हेटौंडा–१५ का ४३ वर्षीय पुरुषको शनिबार राती १० बजेर ४५ मिनेटमा मृत्यु भएको छ भने हेटौंडा–४ की ६० वर्षीया महिलाको आइतबार बिहान २ बजेर ५५ मिनेटमा मृत्यु भएको छ । मृत्यु हुने तीनैजना आइसियुमा उपचाररत थिए ।
हेटौंडा अस्पतालमा उपचारको क्रममा हालसम्म ४५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।