हेटौंडाः राष्ट्रिय सभा सदस्यको एक सिटको लागि अहिले मतदान भइरहेको छ । बागमती प्रदेशबाट प्रतिनिधित्व गर्न एमालेबाट गृहमन्त्री रामबहादुर थापा, स्वतन्त्रबाट डा. खिमलाल देवकोटा र नेमकिपाबाट कृष्ण बहादुर तामाङ चुनावी मैदानमा छन् ।
आज बिहान ९ बजेटबाट मतदान गर्न सुरु भएपनि बागमती प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख-उपप्रमुखहरुले भने सामाजिक दुरी कायम गर्न सकेनन् ।
मतदान अहिल हेटौंडाको भुटनदेवि माविमा जारी छ । मतदानमा बागमती प्रदेशका १०९ सांसद र प्रदेशभित्र रहेको ११९ स्थानीय तहका प्रमुख/उपप्रमुख २३८ जनाले मतदान गर्न पाउँनेछन् । यद्यपि विवेकशील साझा पार्टीका ३ जना सांसदले भने भोटा नहाल्ने प्रेस विज्ञप्ती जारी गरेका छन् ।