रक्तदान गर्दै रक्तदाताहरु ।

हेटौंडाः हेटौंडा— १९ स्थित बस्तिपुरमा रहेको निर्मल बहुमूखी क्यापसको १२ औं स्थापनाको दिवसको उपलक्ष्यमा रक्तदान भएको छ । आइतबार भएको कार्यक्रममा ४७ जनाले रक्तदान गरिएको रक्तसञ्चार केन्द्रको प्राविधिक प्रमूख टंक दाहालले जानकारी दिनुभएको छ ।

कोरोना भाइरस संक्रमण दर बढे सँगै रगतको अभाव हुने गरेको छ । जसका निम्ति रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमलाई तिव्रता दिएको दाहालले जानकारी दिनुभएको छ । महामारीको समयमा रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव हुन नदिन सम्पूर्ण संघसंस्थाहरुलाई रक्तदान कार्यक्रमलाई निरन्तरता दिन रक्तसञ्चार केन्द्रले आग्रह गरेका छन् ।